नासु पदका लागि १२ सय बढीको विज्ञापन (सूचनासहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नासु पदका लागि १२ सय बढीको विज्ञापन (सूचनासहित)


२३ पुस २०७६, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले १२ सय बढी नायव सुब्बा(नासु)पदका लागि विज्ञापन आव्हान गरेको छ ।

आयोगले आज (बुधवार) एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि १२ सय बढीको विज्ञापन गरेको हो ।

आयोगले खुल्ला र समावेशीतर्फ पाँच सय ४८ जना माग गरेको छ । जसमध्ये आयोगको धनकुटा कार्यालयबाट ७४, जलेश्वर ८९, काठमाडौँ १४९, पोखरा ६३, बुटवल ८६, सुर्खेत ४३ र दिपायल ४४ जनाका लागि विज्ञापन गरेको छ ।

त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनतर्फ चार सय ३७ जनाका लागि विज्ञापन गरेको छ । ज्येष्ठता र कार्यसम्पादनतर्फ धनकुटा कार्यालयबाट ५८, जलेश्वर ८९, काठमाडौँ ९६, पोखरा ५३, बुटवल ६१, सुर्खेत ३५ र दिपायलबाट ४५ जना माग गरेको छ ।

त्यसै गरी कार्यक्षमता मूल्याङ्कनतर्फ दुई सय २१ जना मागका लागि माग गरेको छ । धनकुटाबाट २७, जलेश्वर ४६, काठमाडौँ ४६, पोखरा २८, बुटवल ३६, सुर्खेत १६ र दिपायलबाट २२ जना रहेका छन् ।

माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

हेर्नुस् सूचना :

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस