२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताएका छन् ।

उनले नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताएका छन् । चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँग भेटवार्ता गर्दै बादलले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।

मन्त्री केजीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको भन्दै गृहमन्त्री बादललाई धन्यवाद दिएका थिए ।

उनले भनेका छन्, ‘सुरक्षा सहयोग, मानव संसाधन विकास र विपदमा राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु ।’

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारी सहमति थिए । भ्रमण क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ । गृहमन्त्री बादल २५ पुसमा नेपाल फर्किने तालिका छ ।

प्रतिक्रिया दिनुहोस