पेरुमा भएको बस दुर्घटनामा१६ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेरुमा भएको बस दुर्घटनामा१६ जनाको मृत्यु


२२ पुस २०७६, मंगलबार


लिमा । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए ।

स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । लिमादेखि अरक्वीपातर्फ जादै गरेको बेला बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका थिए ।

प्रमुख लोजाडाका अनुसार २ जना गम्भीर घाइते भएका र उनीहरुको स्थानीय नाजका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उच्च सतर्कताका साथ उपचार गराइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस