राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो : डा. सङ्ग्रौला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो : डा. सङ्ग्रौला


२१ पुस २०७६, सोमबार


विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा उनले राजनीतिक आस्था र विचारभन्दा पनि विज्ञहरु जाने राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भनिन् ।

उनले जनताको मौलिक हक, अधिकार सुरक्षित बनाउन राष्ट्रियसभाको भूमिका अग्रणी छ भन्दै जनताको सुशासन र स्वतन्त्रताको जगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिइन् ।

उम्मेदवार राजेन्द्र घिमिरेले पार्टीलाई सुदृढ एवं सङ्गठित पार्न काँग्रेस क्रियाशील छ भने।

राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ का ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्लातर्फ झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस