लक्ष्मीबहादुर निरालाविरुद्ध उजुरी परेन, न्यायपरिषद् सदस्य हुने बाटो खुल्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लक्ष्मीबहादुर निरालाविरुद्ध उजुरी परेन, न्यायपरिषद् सदस्य हुने बाटो खुल्यो


२० पुस २०७६, आइतबार


काठमाडौं । न्यायपरिषद सदस्यमा सिफारिस लक्ष्मीबहादुर ‘निराला’ खड्का विरुद्ध उजुरी नपरेको संसद सचिवालयले जनाएको छ ।

उजुरी नपरेकाले आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा निरालाले आफ्ना भावी योजना प्रस्तुत गर्दैछन् ।

निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् । सर्वोच्च अदालतको न्यायाधीश बन्न पदमप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट राजीनामा दिएपछि सरकारले रिक्त पदमा निरालाको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : तत्कालीन शाही सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

गत पुस ८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरे पनि उजुरी भने नपरेको हो । योसँगै उनको न्यायपरिषद् सदस्य हुने बाटो खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस