राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२० पुस २०७६, आइतबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्दीय कार्यालय चाबहिलमा बिहान ८ बजे बस्दै छ।

पार्टी प्रवक्ता किरण गिरीका अनुसार पार्टीको भाबी कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं बिस्तारबारे बैठकमा छलफल हुने भएको छ ।

प्रतिवेदनहरु उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यहरु हरि बहादुर बस्नेत र नवराज सुवेदीले बैठकमा प्रस्तुत गर्नेछन् ।

यसअघि ९ पुसमा बसेको बैठकले अबका दिनहरुमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्न बस्नेत र सुवेदीलाई जिम्मा दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस