हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित आठको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित आठको मृत्यु


प्रशासन संवाददाता

१७ पुस २०७६, बिहिबार


एजेन्सी । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित ८ जनाको मृत्यु भएको छ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार प्रधान सेनापति सेन यी मिङसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ । हेलिकप्टरमा सवार पाचँ जनालाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य ७ जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।

मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।

उडेको १० मिनेटमा नै सम्पर्कविहीन हेलिकप्टर वालाई जिल्लाको पहाडी क्षेत्रमा आकस्मिक अवतरण गरेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस