चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक


१६ पुस २०७६, बुधबार


काठमाडौं । चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा देखाइएको छ भने नीता र करणलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘दि कर्मा’ को कथा निर्माता जयराज रायले लेखेका हुन् । रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रको शारदा खड्का अर्याल सह निर्माता हुन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो । चलचित्र माघ १७ गते प्रदर्शनमा आउनेछ ।

हेर्नुस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस