त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त


१२ पुस २०७६, शनिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् ।

उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

उनले शुक्रबार नै पदबहाली गरेका छन् ।

त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ ।

दाहाल यसअघि त्रिवि सेवा आयोगका सदस्य थिए ।

रजिष्ट्रारका लागि उपकुलपति बास्कोटाले दाहालसहित त्रिवि व्यवस्थापन सङकायका डिन डिल्लीराज शर्मा तथा त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेका थिए ।

त्रिविमा तत्कालित रजिष्ट्रार डिल्लीराज उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

त्रिविमा कर्मचारी प्रशासनको मुख्य जिम्मेवार व्यक्ति रजिष्ट्रार हुन्छ । रजिट्रारसँगै शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल पनि यही पुष ८ गते नै सकिएको छ। तर नयाँ नियुक्ति भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस