गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता


११ पुस २०७६, शुक्रबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम। अल मर्वानीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित भएर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मर्वानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले साउदी अरेबियामा ठूलो सङ्ख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको सङ्ख्या गत वर्ष ३ सय थप गरिदिएकोमा राजदूत मर्वानीमार्फत साउदी सरकारलाई धन्यवाद दिँदै सो सङ्ख्या अझ थप गर्न आग्रह गरे ।

भेटमा राजदूतले मर्वानीले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे । साउदीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताउँदै उनले नेपालबाट साउदीमा हज गर्न जानेहरुको सङ्ख्या बढाउनसमेत आफूले पहल गर्ने विश्वास दिलाए ।

Tags :
प्रतिक्रिया दिनुहोस