२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदन र सडकमा जाने बाटो खुला भयो : डा.भट्टराई

अ+ अ-

काठमाडौं । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन् ।

सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उनले बताए ।

अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उनले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गरे ।

सरकारलाई समर्थन फिर्ता गरेपछि आज सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा.भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित संघीयता आवश्यक हुनेमा जोड दिए।

डा.भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता हो भने । पत्रकारले सोधेको एक जिज्ञासामा उनले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा.बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताए । ‘क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने हो, क्रान्तिपछि बल्ल स्थिरता आउँछ’, उनले थपे ।

सभामुखको विषयमा सोधिएको एक प्रश्नमा डा.भट्टराईले प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकाङ्क्षा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस