वीरगञ्ज । प्रहरीले वीरगञ्ज–१५ ब्रम्हचोकमा सञ्चालित श्री सिद्धि विनायक पुजा सामाग्री उद्योगमा छापा मारेको छ ।
उद्योगमा पुजा घ्यू, कलश घ्यू लेखिएका कागजका खोल, बट्टामा प्याक गरिएको तयारी र कच्चा घ्यू बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यानमै राखेर तयारी एवं कच्चा घ्यू र केही मेशिन समेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।
प्रहरीले उद्योगका सञ्चालक सुनिल श्रेष्ठ र अनिल श्रेष्ठसहित कामदार राम बिलास र रमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
केमिकल मिसाएर घ्यू उत्पादन गरेको सूचनाको आधारमा उद्योगमा छापा मारेको एक प्रहरी अधिकारीले प्रशासनलाई बताए ।