१५ हजार घुससहित प्रहरी रङ्गेहात पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१५ हजार घुससहित प्रहरी रङ्गेहात पक्राउ


२ पुस २०७६, बुधबार


घुस

कलैया । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए ।

अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो ।

यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत ५ महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस