विद्युत प्राधिकरण कलैयाका कर्मचारी कोइरीविरुद्ध भ्रष्टचारको मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युत प्राधिकरण कलैयाका कर्मचारी कोइरीविरुद्ध भ्रष्टचारको मुद्धा


२ पुस २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ९ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरण बाराको कलैया वितरण केन्द्रमा कार्यरत राजदेव महतो कोइरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

घुससहित पक्राउ परेका वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर कोइरीविरुद्ध ९ हजार रुपैयाँ बिगो दाबीसहित बुधबार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकोले अख्तियारले उनीविरुद्ध मुद्धा दायर गरेको कोइरालाले बताए ।

कोइरीले नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग ९ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस