राष्ट्रपतिले गरिन् विभिन्न मुलुकमा गैरआवासीय राजदूत नियुक्त (नामावली सहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिले गरिन् विभिन्न मुलुकमा गैरआवासीय राजदूत नियुक्त (नामावली सहित)


२ पुस २०७६, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस