शिक्षकको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शिक्षकको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न माग


२ पुस २०७६, बुधबार


काठमाडौं । शिक्षकको अनिवार्य अवकाशको उमेर ६३ वर्ष कायम गर्न नेपाल शिक्षक महासंघले माग गरेको छ । महासंघले मंगलबार शिक्षा सचिव महेश दाहाललाई ज्ञापनपत्र बुझाउँदै शिक्षकको सेवाअवधिको उमेरहद बढाउन माग गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरललाई ज्ञापनपत्र वुझाउन मन्त्रालय पुगेको महासंघको टोलीे मन्त्री नभेटेपचि शिक्षासचिव दाहाललाई ज्ञापन पत्र वुझाएर फर्केको थियो । मन्त्रालय र आफुहरुबीच विगतमा भएको ३० बुंदे सम्झौता अक्षरशः लागू हुने गरी राष्ट्रिय शिक्षा ऐन तथा नियमावलीमा प्रबन्ध गर्नसमेत महासंघको माग रहेको छ ।

विज्ञप्तिमा दश वर्ष सेवा गरेका स्थायी शिक्षकको लागि आवधिक बढुवाको प्रबन्ध र बढुवाको अनुपात वृद्धि गरी विशिष्ठ श्रेणीकोसमेत व्यवस्थागर्न माग गरिएको छ । कार्यरत स्थायी शिक्षकको पेन्सनका लागि अस्थायी अवधि गणना गर्ने व्यवस्था गर्न तथा शिक्षक पदस्थापन हुँदा विस्थापित भई राहतमा पुनर्स्थापना भएका शिक्षकको पेसाको निरन्तरता गर्नसमेत विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ ।

यस्तै सम्झौता विपरित दरबन्दी मिलान योजना आएकोले उक्त योजनाको मापदण्ड परिवर्तन गरी सम्झौता बमोजिम नयाँ प्रस्ताव तयार गर्ने तथा नपुग दरबन्दी प्रक्षेपण गर्ने कार्य तुरन्तै आरम्भ गर्नुपर्ने उल्लेख गरिएको छ ।  ट्रेड युनियन अधिकारको वेवास्ता गर्दै सुविधा तथा सुरक्षा रहित नयाँ शिक्षा जन्माउने प्रक्रिया बन्द गरी आवश्यक नयाँ दरबन्दी सिर्जना गर्नसमेत महासंघको माग रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस