जनकपुरमा न्यायाधिशका सुरक्षागार्डका प्रेमी पेस्तोल बोकेर फरार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनकपुरमा न्यायाधिशका सुरक्षागार्डका प्रेमी पेस्तोल बोकेर फरार


१ पुस २०७६, मंगलबार


काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।

उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए ।

उनले ७ राउन्ड गोली लोड भएको पेस्तोल बोकेर फरार भएका हुन् । उनीहरु दुवैजना केहीदिनदेखि जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएका थिए ।

उनका प्रेमीको अर्का युवकसँग विवाद भएको बुझिएको स्रोतले जनाएको छ । प्रहरीले जवान केवटलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस