अब सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय, सबै वडामा स्याटलाईट सेवा सञ्चालन गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय, सबै वडामा स्याटलाईट सेवा सञ्चालन गरिने


प्रशासन संवाददाता

१ पुस २०७६, मंगलबार


काठमाडौँ । सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त सार्वजनिक पुस्तकालय स्थापना गर्ने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शिक्षा नीतिमा उल्लेख भए अनुसार पुस्तकालयलाई जनोपयोगी, सेवामुखी र आत्मनिर्भर बनाउँदै लैजाने तथा यस्ता पुस्तकालयबाट स्थानीय तहका सबै वडाहरूमा स्याटलाईट तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गरिनेछ ।

हाल मुलुकभर एक हजार पाँच सयको हाराहारीमा सार्वजनिक पुस्तकालय छन्। आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भसामग्री सहितका पुस्तकालयहरू स्थापना गरिने छन् ।

स्थानीय तहको प्रत्येक वडामा निरन्तर शिक्षाको लागि सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकता अनुसार विस्तार तथा सुदृढीकरण गरिने सरकारको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस