रंगेहात समातिएका डीएसपी राईलाई सफाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रंगेहात समातिएका डीएसपी राईलाई सफाई


१ पुस २०७६, मंगलबार


घूस

काठमाडौँ । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् ।

न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐनअनुसार २८ कात्तिकमा १ लाख ४० हजार बिगो मागदाबी गरी राईविरुद्ध ०७५ कात्तिक २८ मा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगले गरेको अनुसन्धानका क्रममा राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेस माग गरेका थिए । नदिए व्यवसाय चौपट पारिदिने धम्की दिएका थिए । त्यसवातपको रकम लिँदै गर्दा उनी समातिएका थिए ।

सम्बन्धित समाचार : बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ

राईलाई विशेष अदालतका द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले घूस लिए बराबरको धरौटी मागेर छोड्ने आदेश दिएका थिए ।

सम्बन्धित समाचार : घूस लिँदै गर्दा पक्राउ परेका बौद्धका डिएसपी राईलाई धरौटीमा छोड्न आदेश

उनले आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको र आफूले घूस भने नलिएको दाबी गर्दै आएका थिए ।

यसअघि पनि विभिन्न कार्यालयमा रहँदा घुस लेनदेन गर्ने गरेको विषयमा प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म उनीविरुद्ध उजुरी गर्ने गरेको थियो । तर, उनी जोगिँदै आएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस