घूस लिँदै गर्दा पक्राउ परेका बौद्धका डिएसपी राईलाई धरौटीमा छोड्न आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घूस लिँदै गर्दा पक्राउ परेका बौद्धका डिएसपी राईलाई धरौटीमा छोड्न आदेश


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


घूस

काठमाडौं । सेवाग्राहीसँग घूस लिँदालिँदै गर्दा पक्राउ परी भ्रष्टाचार मुद्दा खेपिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ।

विशेषका द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले घूस लिए बराबरको धरौटी मागेर छोड्ने आदेश दिएको हो।

रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले १ लाख ४० हजार रुपैयाँ घूस लिँदै गर्दा असोज २० गते रंगेहात पक्राउ गरेको थियो।

अब उनले १ लाख ४० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुन सक्नेछन्। अदालतले उनलाई धरौटीसहितको तारेखमा राखेर मुद्दाको सुनुवाइ गर्ने छ। उनीमाथि बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस