२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदक विजेता खेलाडीलाई नगर परिक्रमा (फोटो फिचर)

अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन ।

सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पुर्‍याइएको थियो । बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो ।

साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गरेका थिए ।

सरकारले यसअघि सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस