यी हुन मन्त्रिपरिषद् बैठकका १७ महत्वपूर्ण निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन मन्त्रिपरिषद् बैठकका १७ महत्वपूर्ण निर्णय


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुने भएको छ। ‘राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन २०७६ माघ ९ गते बिहीबारका दिन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ’, बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग र त्यसका पदाधिकारीको म्याद ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ।

जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद  रहेकोमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई द्वितिय श्रेणीका अधिकृत कर्मचारीलाई प्रजिअका रुपमा कामकाज गर्ने गरी तोक्ने निर्णय सरकारले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस