भोलि सार्वजनिक विदा छैन : गृह मन्त्रालय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलि सार्वजनिक विदा छैन : गृह मन्त्रालय


२५ मंसिर २०७६, बुधबार


काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) धन्यपूर्णिमा पर्छ । सो अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई बुझ्दा उनले भोलि विदा नरहेको स्पष्ट पारे ।

‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस