साग विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीले आज भेटेर वधाई दिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साग विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीले आज भेटेर वधाई दिँदै


२५ मंसिर २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडीहरुलाई आज(बुधबार) भेटेर बधाई दिने भएका छन् । उनले खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर बधाई दिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले भेटका लागि दिउँसो २ बजेको समय निर्धारण गरेको सचिवालयले जनाएको छ ।

भेटकै अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन र प्रोत्साहनस्वरुप पुरस्कार दिने घोषणासमेत गर्नेछन् ।

नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेर दोस्रो स्थान हासिल गरेको छ ।

स्वास्थ्य अवस्थाका कारण सागको उद्घाटन र समापन समारोहमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रधानमन्त्री ओलीले समापन समारोहमा भिडियोमार्फत बधाई दिएका थिए ।

उनी अस्वस्थताका कारण प्रधानमन्त्री निवासमै आराम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस