गाउँपालिकाले दियो विद्यार्थीलाई सहुलियत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिकाले दियो विद्यार्थीलाई सहुलियत


२५ मंसिर २०७६, बुधबार


सङ्खुवासभा । जिल्लामै शैक्षिक क्षेत्रमा नमूनाका रूपमा चिनिएको र शिक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको चिचिला गाउँपालिकाले अनाथ तथा असहाय बालबालिकालाई स्कूल झोला वितरण गरेको छ ।

गाउँपालिकाले यस वर्षको चालू आवमा रु एक लाख ३० हजार बजेट विनियोजन गरेर विद्यार्थीलाई गाउँपालिकाभित्रका विपन्न तथा गरीब विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले झोला प्रदान गरेका छन् । अध्यक्ष शेर्पाले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

यसैबीच गाउँपालिकाले यस शैक्षिक वर्षमा एसइई पास गरी विज्ञान विषय पढ्ने चार विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययन गरेर कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

अन्य सङ्कायका विषय अध्ययन गरेका प्रशस्त युवायुवती गाउँपालिकामा रहे पनि विज्ञान विषय लिएर पढ्नेको सङ्ख्या तुलनात्मकरूपमा न्यून भएकाले प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गरिएको हो । विज्ञान विषय अन्य प्राविधिक तथा चिकित्सा क्षेत्र पढ्नका लागि पनि जग भएकाले त्यसतर्फ प्रोत्साहन गर्नका लागि यस किसिमको छात्रवृत्ति गाउँपालिकाले व्यवस्था गरेको उनले स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस