२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको सन्देशमा उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताएका छन् ।

दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । दु्रतआर्थिक, विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सृजना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्नमा सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री आलेल्ले स्मरण गरेका छन् ।

‘सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो,’ उनले सन्देशमा भनेका छन् । यसैगरी मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

यसैअवसरमा बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीनदशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास, सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताएका छन् । सार्कका महासचिव अमजद हुसेन बी सियालले आठवटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस