महतो बने काठमाडौंका सम्धी, आज बहुभोजको आयोजना, हजारौंलाई निम्तो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महतो बने काठमाडौंका सम्धी, आज बहुभोजको आयोजना, हजारौंलाई निम्तो


२२ मंसिर २०७६, आइतबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)का मअध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो काठमाडौंका सम्धी बनेका छन् । महतोका छोरा राघवेन्द्र महतोले काठमाडौं डिल्लीबजारस्थित प्रकाशजी तुलाधरकी छोरी पलिशा तुलाधरसँग विवाह गरेपछि उनी काठमाडौंका सम्धी बनेका हुन् ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महातोको छोराको विवाहलाई ‘पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’ भएको अर्थ्याउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

गत बिहीबार हिन्दु परम्पराअनुसार राघवेन्द्र र पलिशाको विवाह भएको थियो । आज काठमाडौंको लाजिम्पाटस्थित एक होटलमा बहुभोजको आयोजना गरिएको छ । भोजमा हजारौंलाई निम्तो दिएकोसमेत पारिवारिक स्रोतले जनाएको छ ।

पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस