१३ औँ दक्षिण एसियाली खेलकुद : आज १५ खेल हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१३ औँ दक्षिण एसियाली खेलकुद : आज १५ खेल हुँदै


२२ मंसिर २०७६, आइतबार


काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौैँ दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा हुनेछ ।

महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । जनकपुरमा कुस्ती हुँदैछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।

नेपाल र बङ्गलादेशबीको पुरुष फुटबल साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदैछ ।

फाइनलमा पुग्न नेपाललाई बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने चुनौती छ ।

सातौँ दिनसम्म नेपाल ४३ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ । भारत एक सय १० स्वर्णसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस