प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज


१९ मंसिर २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्प्तालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट १० दिन लामो उपचारपछि बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ओलीको स्वास्थ्य अवस्था सुधार भएकोले चिकित्सकहरुको टोलीले डिस्चार्जको निर्णय गरेका हुन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्‍न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिइएको हो।

बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी साँझसम्म डिस्चार्ज दिन सकिने निष्कर्ष निकालेको थियो। गत मंसिर १० गते एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण हुँदा प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो। मनमोहनको आईसियुमै प्रम ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस