सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद् सदस्यले दिए राजीनामा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद् सदस्यले दिए राजीनामा


१९ मंसिर २०७६, बिहिबार


काठमाडौं । न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार उनले सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि परिषदबाट राजीनामा दिएका हुन् । सर्वोच्चमा एउटा न्यणधीश पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस