२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्‍त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

अ+ अ-

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गर्नेबारे मेडिकल टिमले तयारी थालेको हो। प्रधानमन्‍त्री ओलीलाई बिहीबार बेलुका वा शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको उपचार टिमका संयोजक प्रा.डा. अरुण सायमीले बताएका छन् ।

मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आएका छन्। मंसिर १६ गते ओलीले अस्पतालबाटै भिडियो सन्देश दिँदै आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका थिए। मेजर अप्रेशन गर्नुपरेकोले केही समय लागेको उनले बताएका थिए।

पेट दुःखेपछि मंसिर १० गते बिहान अस्पताल भर्ना भएको ओलीको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि त्यही दिन त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रिया भएको थियो। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मंसिर ११ गते पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

उनको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो ।चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । १२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस