कर्मचारीहरूको विदेश जाने प्रक्रिया विधिसम्मत हुन्छ : स्वास्थ्य मन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीहरूको विदेश जाने प्रक्रिया विधिसम्मत हुन्छ : स्वास्थ्य मन्त्री


१९ मंसिर २०७६, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीहरूको अध्ययन, भ्रमण र तालिममा विदेश पठाउने प्रक्रियालाई विधि सम्मत बनाइने बताएका छन् ।

बुधबार मन्त्रालयको वार्षिक समिक्षा बैठकमा बोल्दै नीतिका आधारमा नेतृत्व गर्नु पर्ने विषयमा सम्बन्धित व्यक्तिहरूलाई नै भ्रमणको अवसर दिइने र कसैलाई पक्षपात नगरिने उनले बताएका छन् ।

‘सिकाइका अवसरमा सधै एउटै व्यक्ति दोहोरिरहने परम्परालाई अन्त्य गरेर अवसरको समान ढंगले बाँडफाँड गरिने छ’ उनले भने।

उनले अध्ययन, भ्रमण र तालिमक अवसरहरुमा केन्द्रिय मात्र नभएर प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई अवसर दिने विधि र प्रकृया अवलम्बन गरिने बताए।

स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण मोह यति सम्म छ कि केही समयअघि कर्मचारी समायोजनको सकस बढीरहँदा संयोजक महेन्द्र प्रसाद श्रेष्ठ र प्रशासन महाशाखा प्रमुख शिबराम न्यौपानेलगायत नै हप्ता लामो भ्रमणमा अमेरिका गएका थिए ।

सम्बन्धित समाचार : समायोजन लत्याउँदै अमेरिकातिर

Tags :
प्रतिक्रिया दिनुहोस