‘कर्मचारी समायोजनमा त्रुटि भएका रहेछन् तिनलाई सच्याउछौं’ : मन्त्री त्रिपाठी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘कर्मचारी समायोजनमा त्रुटि भएका रहेछन् तिनलाई सच्याउछौं’ : मन्त्री त्रिपाठी


१६ मंसिर २०७६, सोमबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री त्रिपाठीले समायोजनमा भएका त्रुटी सच्याउने बताएका हुन् । ‘समायोजनमा कहीँ न कहीँ त्रुटि भएका रहेछन्, मन्त्री त्रिपाठीले भने, तिनलाई सच्याउनुपर्ने हुन्छ, सच्याउछौं’

पहिलो पटक समितिको बैठकमा सहभागी भएका त्रिपाठीले कर्मचारी समायोजनका मुद्दाबारे सकारात्मक धारण राखेका छन् । समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक विचाराधीन छ ।

उनले कर्मचारीको उमेर हद कहिले ५८ कहिले ६० बनाउँदा कार्यान्वयन हुन अप्ठेरो हुने भन्दै त्यसबारे पनि सोच्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस