स्वास्थ्य सेवाका कर्मचारीको पदस्थापन पत्रमा रोक ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवाका कर्मचारीको पदस्थापन पत्रमा रोक !


११ मंसिर २०७६, बुधबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कर्मचारी पदस्थापनको चिठी ‘डिस्प्याच’ गर्न रोकेको छ ।

समायोजन पछिको पदस्थापनमा गडबडी भएको भन्दै नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको टोलीले मन्त्रालयमा पुगेर सहसचिव शिवराम न्यौपानेसँग छलफलका क्रममा उक्त सहमति भएको हो ।

स्थानीय तहमा समायोजन गरेकालाई सङ्घमा पदस्थापन गरेको र सङ्घमा पदस्थापन भएकालाइ प्रदेश तथा स्थानीय तहमा पठाइएको उजुरी परेका छन् । पत्र वितरण गर्न समेत पैसा लिने गरेको यसअघि नै प्रशासन डटकमले सार्वजनिक गरिसकेको छ । यही बिचमा पदस्थापनमा लाखौँको चलखेल भएको भन्ने समेत स्वास्थ्यकर्मीबाटै गुनासो आएपछि मन्त्रालयलाई चौतर्फी दबाब बेहोरिरहेको थियो ।

र यो पनि, 

स्वास्थ्यकर्मीको समायोजनमा पैशाको चलखेल !

प्रतिक्रिया दिनुहोस