प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार


११ मंसिर २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । उनलाई भेन्टिलेटरबाट हटाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटर पनि आज बिहान हटाइएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस