रसुवा । एक किलो सुनसहित दुई जना महिला पक्राउ परेका छन् ।
केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलासोमबार बिहान ९ बजे सुनसहित पक्राउ परवेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थियो। प्रहरीका अनुसार ती दुई महिला कात्तिक ७ गते केरुङ हिँडेका थिए।
बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।







