मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड


३ मंसिर २०७६, मंगलबार


नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाए। पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गरे ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा देश आर्थिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग हातेमाले गर्न सरकार तत्पर रहेको बताए ।

महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि अटोमोबाइल्यस गरी विभिन्न २०० वटा कक्ष रहनेछन् । यही मङ्सिर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक करोवार हुने लक्ष्य लिएको आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस