बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प


३ मंसिर २०७६, मंगलबार


भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस