नेपाल-भारत सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

नेपाल-भारत सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा


३ मंसिर २०७६, मंगलबार


पोखरा । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्ने छन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए । यो नियमित वार्षिक बैठक रहेको उनले थपे ।

Tags :
प्रतिक्रिया दिनुहोस