मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्री ओलीको क्षेत्राधिकार हो, अनर्गल दुस्प्रचार नगरौं : अध्यक्ष दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्री ओलीको क्षेत्राधिकार हो, अनर्गल दुस्प्रचार नगरौं : अध्यक्ष दाहाल


३ मंसिर २०७६, मंगलबार


प्रहरी ऐन

काठमाडौं । मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।

मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आएको उनको सचिवालयले प्रष्ट पारेको छ । ‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’, अध्यक्ष दाहालको निजी सचिवालयद्वारा आज जारी प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना र खण्डन गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस