तीन वर्षभित्र सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याइन्छ : मुख्यमन्त्री राई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन वर्षभित्र सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याइन्छ : मुख्यमन्त्री राई


२ मंसिर २०७६, सोमबार


भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याउने बताएका छन् ।

सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दूधकोशी, सुनकोशी नदीलगायत सानाठूला सबै पुल र सडकका आयोजनाका ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडि बढाइसकेको बताए ।

उनले भने, ‘प्रदेश सरकारको एउटै मात्र चाहना विकास हो, यसलाई संघीय प्रणालीअन्तर्गत तीन तहको ढाँचाबाट पूरा गर्न सकिन्छ ।’

प्रदेश र संघीय सरकारमार्फत सञ्चालन हुने यस्ता आयोजनाको निगरानीमा जोड दिन उनले स्थानीय सरकारलाई आग्रह पनि गरे ।

पिखुवा खोलाको मोटरेबल पुल करीब रु ६ करोड र रङ्गशाला रु १४ करोड ५ लाख २६ लागतमा बन्ने जनाइएको छ । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रङ्गशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस