बाँकेमा १२ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बाँकेमा १२ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण


२ मंसिर २०७६, सोमबार


नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोगको पुनः तेस्रो पटक सर्वे गर्न लागिएको छ । दुई वर्ष अघिको तथ्याङ्क अनुसार बाँकेमा अझैँ झण्डै १२ प्रतिशत मानिसमा हात्तीपाइलेको सङ्क्रमण देखा परेकाले पुनः सर्वे गर्न लागिएको हो ।

नेपालगञ्ज उपमहागरपालिका—४ को सल्यानीबाग र कोहलपुर नगरपालिका वडा नं ५ र ६ को रझेना गाउँमा सर्वे गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ शाहले जानकारी दिए । उनका अनुसार जिल्लामा हात्तीपाइले रोगविरुद्ध नौ पटक ओखती खुवाइसकिएको छ । नतिजा सन्तोषजनक नआएपछि पुनः सर्वे गर्न लागिएको हो । गतवर्ष जिल्लामा करीब ५५ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

यसैबीच, राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आज नेपालगञ्जमा आयोजना गरिएको जिल्लास्तरीय अन्तक्रियामा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य निरीक्षक प्रदीप रिमालले चेतनाको कमीका कारण औषधि खानेको सङ्ख्यामा कमी आएको बताए । यस जिल्लामा सन् २०११ बाट हात्तीपाइले रोगको औषधि खुवाउन शुरु गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस