प्रदेश-३ : लोक सेवा आयोगका अध्यक्षले लिए सपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश-३ : लोक सेवा आयोगका अध्यक्षले लिए सपथ


२ मंसिर २०७६, सोमबार


हेटौंडा । प्रदेश ३ लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सिफारिस समितिले कात्तिक २९ गते श्रेष्ठलाई प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो ।

सपथ ग्रहणपछि अध्यक्ष श्रेष्ठले प्रदेश, स्थानीय तह र निजामती सेवाका लागि उपयुक्त कर्मचारी छनौटमा आफ्नो भूमिका रहने बताए । राजनीतिक दबाव भन्दा पनि आवश्यकता अनुसार कर्मचारीको छनौट र नियुक्तिमा ध्यान दिने उनले बताए ।

२०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिएका श्रेष्ठले २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवा सुरु गरेका थिए । ३२ वर्ष निजामती सेवामा काम गरेका उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाली सकेका व्यक्ति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस