राष्ट्रपति हमिद पोखरा पुगेर फेवातालमा जलविहार गर्दै (फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति हमिद पोखरा पुगेर फेवातालमा जलविहार गर्दै (फोटो फिचर)


२८ कार्तिक २०७६, बिहिबार


पोखरा । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा पुगेका हुन् ।

राष्ट्रपति हमिद काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा पोखरा विमानस्थल पुगेका हुन् । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका छन् ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस