लागुऔषधसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लागुऔषधसहित भारतीय नागरिक पक्राउ


२७ कार्तिक २०७६, बुधबार


pakrau

काठमाडौं । लागुऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

नियन्त्रित लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५३७६ नंको बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागुऔषध बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो । उनको लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित ढुङ्गेधारा नजीक बाटोमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस