ट्रक दुर्घटना दुईको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्रक दुर्घटना दुईको मृत्यु


२७ कार्तिक २०७६, बुधबार


बस दुर्घटना

परासी । पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करीब २५ मिटर तल खसेको थियो ।

पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस