५ हजार घुससहित सूचक पदमा कार्यरत एक कर्मचारी पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५ हजार घुससहित सूचक पदमा कार्यरत एक कर्मचारी पक्राउ


२७ कार्तिक २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झालाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

भारतबाट सामान ल्याउँदा भन्सारमा सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग घुस माग्ने गरेको सूचनाको आधारमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित मल्हनियाँबाट उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेका झाको दरबन्दी भने राष्ट्रिय अनुसन्धान विभाग सप्तरीमा रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस