भारतको महाराष्ट्रमा लागू गरियो राष्ट्रपति शासन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतको महाराष्ट्रमा लागू गरियो राष्ट्रपति शासन


२७ कार्तिक २०७६, बुधबार


काठमाडौं । भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू गरिएको छ । नयाँ सरकार बन्न नसकेपछि राष्ट्रपति शासन लागू  गरिएको जनाईएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दाले यसकालागि मन्जुरी दिएका छन् ।

हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल भएकोमा उसलाई सरकार बनाउनका लागि पर्याप्त सिट थिएन । शिवसेनासँगको चुनावी तालमेल भाजपाले गरेकोमा सरकार बनाउने विषयमा उनीहरुबीच कुरो मिलेको थिएन ।

त्यहाँका गभर्ननरले सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरे पनि कसैको पक्षमा पनि बहुमत नजुट्ने अवस्था आएपछि अहिलेलाई राष्ट्रपति शासन लगाइएको बताइएको छ ।

तर महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र पडनवीसले एक वक्तव्य जारी गर्दै राष्ट्रपति शासनप्रति आपत्ति जनाएका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस