सेनाको नियमित छलफलमा सिमा सुरक्षाको चाँसो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेनाको नियमित छलफलमा सिमा सुरक्षाको चाँसो


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । नेपाली सेनाको नियमित बैठकमा सिमाबारे गम्भिर छलफल भएको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगी अड्डामा भएको छलफलमा रक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म उपस्थित भएका थिए ।

तीनै सुरक्षा निकायका प्रमुखहरुसहितको छलफलका क्रममा प्रधानसेनापती पूर्णचन्द्र थापाले नेपाली भूभागरहेका भारतीय सेनालाई फिर्ता पठाउनेदेखि अन्य सिमाक्षेत्रहरुको सुरक्षा विषयमा कुरा उठाएका थिए । बैठक उपनिर्वाचन र साग खेलकुदको सुरक्षाका विषयमा डाकिएको भएपनि देशको पछिल्ला सुरक्षा चूनौतीका विषयमा नै छलफल भएको सैनिक स्रोतले जानकारी गरायो ।

सीमा विवादबारे दुई साताभित्र नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक हुने भएको छ । आइतबार कूटनीतिक तवरबाट थालिएको अनौपचारिक छलफल सोमबार औपचारिक वार्ताको मिति गर्नेछ । त्यसैगरी सीमा सुरक्षाको जिम्मेवारी पाएको प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मंसिर ४ देखि ६ सम्म काठमाडौंमा द्विपक्षीय छलफल हुने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस