डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


२४ कार्तिक २०७६, आइतबार


काठमाडौं । डडेल्धुरा अस्पतालले आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको बताएको छ ।  चिकित्सा शिक्षा सुधारका लागि अनसनत डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गरेको छ।

विगत सात दिन देखि डडेल्धुरामा डा.केसी अनसन बसिरहेका छन्। नीजि घरबाट डडेल्धुरा अस्पताल सारिएका डा.केसीको व्लड प्रेसर घट्न लागेको,मुटुको चालमा वृद्धि भई समस्या देखिएको,रगतमा अक्सिजनको मात्रा घटेको,मृगौलामा समस्या देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ।

शारिरिक अवस्था विग्रिदै गएको जनाउँदै अस्पतालले भौतिक सुविधा नभएको जनाउँदै स्थानान्तरण गर्न आवश्यक भएको जनाएको छ। ‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको’ अस्पतालको विज्ञप्तीमा उल्लेख छ।

केसीको स्वास्थ्य जटिल बन्दै गएकाले अस्पतालले क्षमता भन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस